थप ७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा – Nepal Press

थप ७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजिएस प्रणालीमा थप १ वटा विकास बैंक र ६ वित्त कम्पनी थपिएका छन् ।

सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन् । यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् ।

आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

यो प्रणालीमार्फत २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिग्रेट गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *