क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दिप नयाँ कप्तान – Nepal Press

क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दिप नयाँ कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । सन्दिप लामिछाने नयाँ कप्तान चयन भएका छन् ।

संघको आज बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ ।

मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।

क्यानले क्रिकेट खेलाडीहरुको ग्रेडिङ गर्दा पक्षपात भएको विषयमा उनीहरुले असन्तुष्टी जनाएका थिए । यस विषयमा छानविन गर्न क्यानले समिति बनाएको थियो । समितिको सिफारिसका आधारमा निर्णय लिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रेसलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर