जस्मिन पेन्ट्ससँग कथाकार साईग्रेस अनुबन्धित – Nepal Press

जस्मिन पेन्ट्ससँग कथाकार साईग्रेस अनुबन्धित

काठमाडौं । नेपाली पेन्ट्समध्ये अग्रणी स्थानमा रहन सफल जस्मिन पेन्ट्सले नेपाली कथाकार साईग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई अनुबन्धित गरेको हो ।

विगत २७ वर्षदेखि नेपाली घरहरूलाई सुहाउँदो अन्तराष्ट्रिय गुणस्तरको उच्च कोटिका रंगहरू उत्पादन गर्दै आएको यस कम्पनीले नेपाली बजारमा राम्रो छाप छोड्न सफल भएको छ । अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड २०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्डबाट सम्मानित यस कम्पनीले आफ्नो उत्पादनहरुको प्रचारका लागि उनीसँग सम्झौता गरेको हो ।

सईग्रेस पछिल्लो समय नेपाली समाजमा प्रख्यात कथा वाचक तथा मार्ग निर्देशककारूपमा परिचित रहेका छन् ।

स्वदेशी बस्तुहरू उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गर्ने उदेश्यका साथ स्थापना भएको यस कम्पनी मनकामना ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालित रहेको छ ।

जस्मिन पेन्ट्ससंग साईग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा आफु विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताए ।

लोकप्रिय रहेका कथाकारसँगको सहकार्यले युवा पुस्तामाझ जस्मिन पेन्ट्सले थप लोकप्रियता आर्जन गर्ने कम्पनीका कन्ट्री म्यानेजर डिल्लीराम पौडेले विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *