बुण्डेसलिगामा लेवाण्डोस्कीले गरे मुलरको कीर्तिमान बराबर – Nepal Press

बुण्डेसलिगामा लेवाण्डोस्कीले गरे मुलरको कीर्तिमान बराबर

एजेन्सी । बायर्न म्युनिखका रोवर्ट लेवाण्डोस्कीले बुण्डेसलिगाको एकै क्यालेण्डर वर्षमा सर्बाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान बराबर गरेका छन् । पोलिस सुपरस्टार लेवाण्डोस्कीले २ गोल गरेको खेलमा बार्यनले स्टुटगार्टलाई ५-० ले हरायो ।

लेवाण्डोस्कीले सन् २०२१ म ४२ गोल पूरा गरेका छन् । यसअघि गर्ड मूलरले सन् १९७२ को सिजनमा राखेको कीर्तिमान हो यो ।

सर्ग जीनेब्रीले पहिलो हाफको अन्त्यतिर र दोस्रो हाफको सुरुआतमा गोल गरी दोहोरो अग्रता दिएका थिए । त्यसपछि लेवाण्डोस्कीले ३ मिनेटको अन्तरमा दुई गोल गरे । लेवाण्डोस्कीले दुई गोल गरेको तीन मिनेटपछि जर्मनीकै खेलाडी जिनेब्रीले आफ्नो ह्याट्रिकसमेत पूरा गरे ।

बायर्नले गरेको पाँचौं गोलमा जिनेब्रीको संग्लग्नता रह्यो । लेवाण्डोस्कीको दुवै गोलका लागि उनैले पास उपलब्ध गराएका थिए ।

यो वर्ष बायर्नले अर्को सामता वुल्फवर्गसँग खेल्दैछ । त्यो खेलमा गोल गर्न सके लेवाण्डोस्कीले मुलरको कीर्तिमान आफ्नो नाममा सार्नेछन् ।

गत सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गरी लेवाण्डोस्कीले बुण्डेसलिगाको सिजनमा सबैभन्दा धेरै गोल गर्न कीर्तिमान मुलरबाट आफ्नो नाममा सारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर