मंगलबार २६४ कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु – Nepal Press

मंगलबार २६४ कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७०९ नमुना (९३९२ आरटी पीसीआर) र ४३१७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३६२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ५६८९ छ । २ लाख ३६ हजार ४८२ जनाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरामा संक्रमण संख्या शून्य छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *