बिगबास लिगः स्कोचर्सविरुद्ध सन्दीपको एक विकेट – Nepal Press

बिगबास लिगः स्कोचर्सविरुद्ध सन्दीपको एक विकेट

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट- बिग बास लिगमा पर्थ स्कोचर्सविरुद्धको खेलमा १ विकेट लिएका छन् । उनले चार ओभरमा ३२ रन खर्चेर एक विकेट लिए ।

बिल्लेराइभ ओभल मैदान होवर्टमा टस हारेर फिल्डिङको निम्तो पाएको सन्दीप सम्मेलित टोली होबर्ट हुरिकेन्सलाई पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रनको लक्ष्य दिएको छ ।

पर्थकालागि मिचेल मार्सले ६० बलमा ६ चौका र ५ छक्कासहित सतक प्रहार गर्दै अबिजित रहेका थिए । यस्तै, लाउरी इभान्सले २४ बलमा ५ चौका र एक छक्कासहित ४० रन जोडे ।

एस्टोन टर्नर १७ र कुर्टिस पाटरर्सन ले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । होवर्टको बलिङमा नाथेन एल्लिसले सर्वाधिक २ विकेट लिए । यस्तै, जोयल पेरिस, स्कट बोल्यान्ड ले समान १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *