मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा ३–३ को बराबरीमा – Nepal Press

मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा ३–३ को बराबरीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेको कर्मचारीको टीम ३—३ को बराबरीमा टुंगिएको हो ।

दशरथ रंगशालामा सम्पन्न खेलमा सुरुमा कर्मचारीको टीम हावी भएको थियो । खेलको सुरुवाती चरणमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिएका थिए । त्यसको केही समयपछि जनप्रतिनिधिका तर्फका खेलाडीले डी एरिया भित्रै हेण्ड गरेपछि कर्मचारीकै तर्फबाट सुन्दर हमालले पेनाल्टीको भरपुर सदुपयोग गर्दै दोस्रो गोलको अग्रता लिएका थिए ।

खेलको पहिलो हाफ अघि मैदान प्रवेश गरेका वडा–६ का अध्यक्ष दीपेन्द्र लामाले जनप्रतिनिधिका तर्फबाट सुरुवाती गोल गरे । त्यसपछि लगत्तै वडा–३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गरेपछि खेल पहिलो हाफ अघि बराबरी भएको थियो ।

दोस्रो हाफको सुरुवातमै कर्मचारीका तर्फबाट सीमन केसीले तेस्रो गोल गर्दै टिमलाई ३—२ को अवस्थामा पुर्याए । तर खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले तेस्रो गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर