सिटी एक्सप्रेस र रीयामनी ट्रान्सफरबीच रेमिट सम्झौता, १६० मुलुकबाट पैसा पठाउन सकिने – Nepal Press

सिटी एक्सप्रेस र रीयामनी ट्रान्सफरबीच रेमिट सम्झौता, १६० मुलुकबाट पैसा पठाउन सकिने

काठमाडौं । रियामनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्वभरी रहेका नेपालीले यस ट्रान्सफर सेवाको उपयोग गरी रकम नेपाल पठाउन पाउने भएका छन ।

यस ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोपलगायतका १६० अन्य देशहरूबाट सिटी एक्सप्रेसमार्फत खल्ती एप्स प्रयोग मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन तथा खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरुका तर्फबाट प्रमुख कार्यकारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *