एपीएम टेबल टेनिस पुस पहिलो साता – Nepal Press

एपीएम टेबल टेनिस पुस पहिलो साता

काठमाडौं । नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता हुने भएको छ ।

एपीएम टेबल टेनिस क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै १ देखि ३ पुससम्म पुसप्रतियोगिता गर्ने जनाएको हो ।

ललितपुर भैंसीपाटीमा हुने प्रतियोगितामा आठ स्पर्धा रहने छन् । मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मिक्स डबल्स, मेन्स भेट्रान सिंगल्स ४० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ५० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ६० वर्षमथि, ब्वाइज सिंगल्स यू—१६ र गल्र्स सिंगल्स यू—१६ रहेका छन् ।

मेन्स सिंगल्स र वुमेन्स सिंगल्सका विजयी खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेले १० हजार, दोस्रो हुनले पाँच हजार र तेस्रो हुने दुई खेलाडीले समान दुई हजार पाच सय रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, आठ स्पर्धाका विजेतालाई सिओम नेपालद्वारा उपहार प्रदान गरिनेछ । आयोजकका अनुसार उपहार पाँच लाख रुपैयाँ बराबरको हुनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या तीन सयभन्दा बढी हुने आयोजकको दाबी छ । पुलिस, आर्मी र एपीएफका विभागीय टोलीसँगै स्थानीय क्लबका खेलाडी समेत प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर