चेम्बर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच छात्रवृत्तिसम्बन्धी सहकार्य – Nepal Press

चेम्बर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच छात्रवृत्तिसम्बन्धी सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम ई-बिजनेस विषयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।

प्रत्येक प्रदेशबाट बीबीएम ई-बिजनेश पढ्न चाहने एकजना छात्रालाई नि:शुल्क, १४ जनालाई ट्युसन शुल्कमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । एमओयूमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

चेम्बरसँगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाइका १ करोड १७ लाख सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।
चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराउने बताए । लक्षित वर्गमा सहयोग रकम पुगोस् भन्नेमा सजग रहेको उनको भनाइ छ ।

पढाइ पूरा गरेकालाई रोजगारी समेत उपलब्ध गराउने गरी खल्ती वालेटसँगको सहकार्यका लागि समझदारी गरिएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ई-बिजनेशमा स्नातक तह पास गरेका विद्यार्थीलाई खल्तीले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *