रोमान्चक खेलमा एभर्टनले आर्सनललाई हरायो
एजेन्सी । डिमाराई रेले इन्जूरी समयमा निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनललाई पराजित गरेको छ ।
सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
हिलो हाफको इन्जूरी समयमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरी टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा घरेलु टोली एभर्टन हावी भयो । ७९औं मिनेटमा रिर्डलिसनले बराबरी गोल फर्काएका थिए । खेलको अन्तिमसम्म दुवै टोली गोल गर्न प्रयासरत रहँदा खेल बराबरीमा सकिने सम्भावना बढिरहेको थियो ।
तर इन्जूरी समयको दोस्रो मिनेटमा ग्रेले सानदार गोल गरी खराव लयमा रहेको टिमलाई सकारात्मक आशाको सन्चार गरेका छन् ।
जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।