नेपाली व्यवसायसँगको साझेदारीमा रियलमीको नार्जो सिरिज नेपाली बजारमा – Nepal Press

नेपाली व्यवसायसँगको साझेदारीमा रियलमीको नार्जो सिरिज नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली व्यवसायी मुरारका ग्रुपसँग मिलेर नेपालमा मोबाइल फोनको नार्जो सिरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्टनर मुरारकासँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी सिरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएको हो ।

मोबाइल लन्च कार्ययक्रमा बोल्दै मुरारका ग्रुपका डाइरेक्टर शिरीष मुरारकाले भने, ‘संसारमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरू दिने हो । यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रूपमा रियलमीको नार्जो सेरिज नार्जो ५० ए र नार्जो ५० आई ल्याएका छौँ । उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरू हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *