कुवेतविरुद्ध नेपालको सानदार जित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध सानदार जित हासिल गरेको छ ।
छनोट अन्तरगत आज भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो ।
आईसीसी एकेडेमी मैदान दुबईमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको कुवेतले १५.४ ओभरमा अलआउट हुनुपूर्व सबै विकेट गुमाएर २७ रन मात्रै जोड्न सक्यो ।
२८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर सिता राना मगर शून्य रनमा आउट हुँदा नेपालका लागि कप्तान रुबिना क्षेत्री १२ र इज्दिु बर्मा १३ रन जोडेर अविजित रहे ।
कुवेतको बलिङमा मारिया जस्भिले १ विकेट लिइन् ।
ब्याटिङ तर्फ प्रियादा मुरालीले सर्वाधिक १० रन जोडीन । बाँकी कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालको बलिङमा कप्तान रुबिना क्षेत्री र संगिता राईले ३/३ विकेट लिए । त्यस्तै सरस्वती चौधरी र करुणा भण्डारीले समान १ विकेट लिए ।
नेपाल पहिलो खेलमा हङ्कङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
नेपालले ग्लोबल छनोटमा स्थान बनाउँन बाँकी सबै खेल जित्नु पर्नेछ । नेपालले बाँकी खेलमा शुक्रबार मलेसिया र आइतबार युएई सँग खेल्नेछ ।