‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी सोका विजेतालाई २५ लाख दिइने – Nepal Press

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी सोका विजेतालाई २५ लाख दिइने

काठमाडौं । पछिल्लो समय नेपालमा टेलिभिजन रियालिटी सोको क्रेज बढिरहेको छ । यस्ता सोमा दर्शकीय आकर्षण बढेसँगै टेलिभिजन हाउसहरुले पनि नयाँ-नयाँ सोको उत्पादन गर्न थालेका छन् ।

यस्तोमा, इमेज टिभी एचडीबाट नयाँ रियालिटी सो प्रसारणमा आउने भएको छ । भ्वाइस स्टार नेपाल प्रालीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रशारण हुन लागेको हो । इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रालीबीच सम्झौता भएको छ ।

टेलिभिजनका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक र गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठले बताए ।

रविका अनुसार सोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुनेछ । सोको निर्णायकहरु पक्‍का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *