विवादका कारण स्थगित कांग्रेस कपिलवस्तुको अधिवेशन बुधबार – Nepal Press

विवादका कारण स्थगित कांग्रेस कपिलवस्तुको अधिवेशन बुधबार

रूपन्देही । विवादका कारण स्थगित नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन बुधबार हुने भएको छ ।

मंगलबार बिहान जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाको भन्दै अधिवेशन स्थगित भएकाे बताएका थिए ।

पौडेल पक्षमा रहेका जिल्ला सभापति सुरेन्द्रराज आचार्य समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।

जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदानस्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको बताए ।

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदानस्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो ।

क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्र मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर