नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने ईयू प्रतिनिधीको आश्वासन – Nepal Press

नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने ईयू प्रतिनिधीको आश्वासन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन् ।

युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रह पछि निर्देशक पम्पोलिनीले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए ।

उनले भने, ‘उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।’ उक्त छलफका क्रममा दुई पक्षिय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाल-संघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि इयुका प्रतिनिधीहरु काठमाडौंमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *