बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ – Nepal Press

बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक समितिको बैठकबाट एआरएम नजमुस शकिब नै दोस्रो ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका छन्।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको अध्यक्ष शकिबलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

उक्त कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानासहित बैंकका उच्चपथस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल बंगलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ एटीएम बुथ मार्फत बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *