विश्वकप एसिया छनोट : हङकङसँग ६ विकेटले नेपाल पराजित – Nepal Press

विश्वकप एसिया छनोट : हङकङसँग ६ विकेटले नेपाल पराजित

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली हङकङसँग ६ विकेटले पराजित भएको छ ।

दुबईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको हङकङले नेपालले दिएको १ सय ५ रनको लक्ष्य १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङका लागि मारिगा हिलले ३९ बलमा ४ चौकासहित सर्वाधिक ४३ रन जोडिन त्यस्तै कप्तान केरि चान २२ बलमा २ चौकासहित १७ रन बनाएर पेभिलेन फर्किइन । नतासा माइल्सले १६ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि सिता राना मगरले ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रन बनाउँदै अविजित रहिन । इन्दु वर्माले ३७ बलमा ३ चौकासहित ३१ रन बनाएर पेभिलेल फर्किइन् । त्यस्तै ओपनर कविता कुँवर गोल्डेन डक हुँदा काजल श्रेष्ठ २३ बलमा ४ रन मात्र जोड्न सफल भइन् । कप्तान रुबिना क्षेत्रीले २ रन बनाइन् ।

हङ्कङको बलिङमा बेट्टि चान र कारे चानले समान १ विकेट लिए ।

छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्नेछ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर