हङकङलाई नेपालले दियो १०५ रनको लक्ष्य – Nepal Press

हङकङलाई नेपालले दियो १०५ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङलाई १ सय ५ रनको लक्ष्य दिएको छ ।

दुबईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि सिता राना मगरले ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रन बनाउँदै अविजित रहिन । इन्दु वर्माले ३७ बलमा ३ चौकासहित ३१ रन बनाएर पेभिलेल फर्किइन् । त्यस्तै ओपनर कविता कुँवर गोल्डेन डक हुँदा काजल श्रेष्ठ २३ बलमा ४ रन मात्र जोड्न सफल भइन् । कप्तान रुबिना क्षेत्रीले २ रन बनाइन् ।

हङ्कङको बलिङमा बेट्टि चान र कारे चानले समान १ विकेट लिए ।

छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्ने छ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर