नेपालमा थप कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारत सरकारको अनुमति – Nepal Press

नेपालमा थप कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारत सरकारको अनुमति

काठमाडौं । भारतले नेपालसहित ताजिकिस्तान र मोजाम्बिकलाई ५० लाख डोज कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अनुमति दिएको छ ।

इन्डिया टुडेका अनुसार निर्यात अनुमति पाए लगत्तै सिरमले मंगलबारदेखि निर्यात सुरु गर्नेछ । खोपको पहिलो लट बुधबार नेपालमा आइपुग्ने समेत विवरणमा उल्लेख छ ।

गत अक्टोबरमा पनि भारतले सिरमलाई नेपालसहितका मुलुकलाई १०/१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो । भारत सरकारले संचालन गरेको भ्याक्सिन मैत्री कार्यक्रमअन्तर्गत उक्त मात्राको खोप उपलब्ध गराएको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयका निर्देशक प्रकाशकुमार सिंहले सिरम इन्स्टिच्युटलाई निर्यात अनुमति दिएको जनाइएको छ । अहिले सिरमसँग २४ करोड ८९ लाख डोज कोभिसिल्ड खोप उत्पादन गरेको र स्टकमा रहने खोपको परिमाणमा वृद्धि भैरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *