रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्कियो – Nepal Press

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्कियो

एजेन्सी । ग्रानाडामाथि ४–१ गोलअन्तरको जितका साथ रियल मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ ।

मार्को एसेन्सियो र नाचोको गोलले रियललाई सुरुआतमै अग्रता दिलाएको थियो । ग्रानाडाका लुइस सुवारेजले पहिलो हाफअघि एक गोल फर्काएका थिए ।

दोस्रो हाफमा भिनिसियस जुनियर र फरल्याण्ड मेन्डीले रियलका लागि गोल गरेका हुन् । घरेलु टोली ग्रानाडा ६७औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । उसका खेलाडी रोड्रिग्वेज जेनिमेजले रातो कार्ड पाएका हुन् ।

यो जितपछि रियलले सेभिया र रियल सोसिडाडलाई पछि पारि ला लिगाको शीर्ष स्थानमा पुगेको छ । ग्रानाडा भने रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर