१० खेलाडीमा समेटिएको पीएसजीको जित, मेस्सीको पहिलो लिग गोल – Nepal Press

१० खेलाडीमा समेटिएको पीएसजीको जित, मेस्सीको पहिलो लिग गोल

एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सको लिग वानमा पहिलो गोल गरेका छन् । यो सिजन बार्सिलोनाबाट पीएसजी पुगेका उनले नान्टेसविरुद्ध ३-१ को जितमा निर्णायक गोल गरे ।

खेल सुरु हुनेवित्तिकै केलियन एम्बाप्पेको गोलमा पीएसजीले अग्रता बनायो र त्यसलाई पहिलो हाफसम्म कायम राख्यो । दोस्रो हाफमा धेरै नाटकीय मोडहरु आए । गोलरक्षक केलर नाभासले रातोकार्ड पाएपछि पीएसजीले खेलको अन्तिम २५ मिनेट १० खेलाडीमा सीमित भएको थियो ।

तर, त्यही समयमा पीएसजीले दुई गोल थप्यो । ७६औं मिनेटमा कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २(१ ले अघि रह्यो । ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३(१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग गोल हो ।

जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर