मिस वर्ल्डमा भाग लिन नम्रता अमेरिकातर्फ प्रस्थान (तस्बिरहरु) – Nepal Press

मिस वर्ल्डमा भाग लिन नम्रता अमेरिकातर्फ प्रस्थान (तस्बिरहरु)

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी प्रतियोगितामा भाग लिन आज बेलुका अमेरिकातर्फ प्रस्थान गरेकी छिन् ।

उनलाई त्रिभुवन विमानस्थलमा द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसकार लगायतले शुभकामनासहित बिदाइ गरे । त्यसतर्फ प्रस्थान गर्नुअघि नेपाल प्रेससँग कुरा गर्दै नम्रताले मिस वर्ल्डमा राम्रो गर्ने अठोटसहित आफू जान लागेको बताइन् ।

अमेरिकी राज्य पुएर्तो रिकोमा डिसेम्बर १६ मा मिस वर्ल्ड आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको संस्करण यसवर्ष हुन लागेको हो । अर्कोतर्फ, मिस अर्थको आइतबार हुने भर्चुअल समारोहमा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले भाग लिँदैछिन् ।

प्रतिक्रिया

One thought on “मिस वर्ल्डमा भाग लिन नम्रता अमेरिकातर्फ प्रस्थान (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *