कर्णाली प्रदेशः पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्रै खर्च – Nepal Press

कर्णाली प्रदेशः पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्रै खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा साढे चार प्रतिशत मात्रै खर्च गरेको छ । कुल वार्षिक ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेट रहेको कर्णाली सरकारले पहिलो चौमासिकमा साढे चार प्रतिशत मात्रै बजेट खर्च गरेको गर्न सकेको हो । चार महिनाको अवधिमा एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकै विकास बजेट न्यून छ । मन्त्रालयले चार महिनाको अवधिमा तीन प्रतिशत अर्थात ३८ करोड ७१ लाख १५ हजार बजेट खर्च गरेको हो । मन्त्रालयसँग १२ अर्बभन्दा बढी बजेट छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई प्रतिशत अर्थात चार करोड ७३ लाख विकास बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका सूचना अधिकारी यमुना श्रेष्ठले बताईन ।
भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साढे पाँच प्रतिशत अर्थात १६ करोड १८ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले साढे आठ प्रतिशत ५ करोड ९० लाख, सामाजिक विकास मन्त्रालयले सात प्रतिशत अर्थात ५७ करोड ८२ लाख बजेट खर्च गरेको छ ।

चार महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले साढे १९ प्रतिशत अर्थात चार करोड ५९ लाख, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयले सात प्रतिशत अर्थात १६ करोड ९३ लाख बजेट र जलस्रोत तथा उर्जा विकास मन्त्रालयले एक प्रतिशत अर्थात तीन करोड ३४ लाख मात्रै बजेट खर्च गरेको छ ।

प्रतिपक्षी दल नेकपा एमालेले सरकारको ध्यान विकासमा नभएको बताएको छ । खर्चको अवस्था दलनिय रहेको उल्लेख गर्दै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यो सरकार कार्यकर्तालाई रकम बाँडन भनेर गठन भएको हो । विकासमा यो सरकारको ध्यान नै छैन । कार्यकर्तालाई पाल्न ल्याइएको बजेटबाट कर्णालीको विकास र समृद्धि पाउने आशा गर्नु बेकार छ । यसमा हामी सबै क्लियर नै छौं ।’

यता, सरकारका नवनियुक्त भूमि व्यवस्था कृषि तथा सकारी मन्त्री चन्द्रबहादुर शाही भने अब बजेट कार्यान्वयनमा तीव्रता आउने बताउँछन् । ‘दशैं, तिहार जस्ता पर्वहरुका कारण बजेट कार्यान्वयनमा ढिलासुस्ती भएको जस्तो मात्रै हो ।’ उनी भन्छन्, ‘अब तीव्र रुपमा कर्णालीको बजेछट कार्यान्वयनमा जान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *