सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि – Nepal Press

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४३औं संस्करण आजदेखि सुरु हुँदैछ । आज अपराह्न दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर डर्बी अर्थात् फ्रेण्ड्स र नवप्रवेशी सातदोवाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष लिग हुन सकेन । यसपल्ट अखिल नेपाल फुटबल संघ एन्फाले पुरस्कार राशीमा बृद्धि गरी सिंगल राउण्ड रोविन प्रणाली र सप्ताहन्तमा खेल गर्ने गरी करिव चार महिनाको लिग तालिका सार्वजनिक गरेको छ ।

हरेक साताको शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र लिगका खेलहरु हुनेछन् । सुरुआती दुई चरणको खेल दशरथ रंगशालामा भए पनि च्यासल, सातदोवाटो र पोखरा रंगशालामा पनि लिगका खेलहरु सन्चालनको तयारी गरिएको एन्फाले जानकारी दिएको छ । लिग फागुन तेस्रो साता सकिनेछ ।

लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर