ग्लोबल आइएमई बैंकको साधारण सभा तय, लाभांश मुख्य एजेण्डा – Nepal Press

ग्लोबल आइएमई बैंकको साधारण सभा तय, लाभांश मुख्य एजेण्डा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बार्षिक साधारण सभा बोलाएको छ । बिहिबार बसेको बैंक संचालक समितिको बैठकले २७ गत बार्षिक साधारणसभाको म्याद तोकेको हो ।

उक्त साधारणसभाको मूख्य एजेण्डा बैंकले यसअघि घोषणा गरेको १३.५ प्रतिशत लाभांश पारित गर्ने रहेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्ने बुक क्लोजको मिति मंसिर १३ गतेलाई तोकिएको छ । मंसिर १३ गतेसम्म यस बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले बोनस सेयर प्राप्त गर्नेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *