३२ अंकले घट्यो सेयर बजार परिसुचक नेप्से – Nepal Press

३२ अंकले घट्यो सेयर बजार परिसुचक नेप्से

काठमाडौं । यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदविक्रीबाट ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक ३.४३ अंकले घटेर ५२२ अंकको विन्दुमा कारोबार बन्द भयो ।

समूहगत उपसुचक तर्फ अन्य समूह बाहेक सबै समूहको कारोबार घटेको छ । सबैभन्दा धेरी जीवना बीमा समूहको २२८ अंकले सेयर कारोबार घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको २०४ अंक, विकास बैंक समूहको ११२ अंक, जलविद्युत समूहको ७६ अंक, होटल तथा पर्यटन समूहको ३९ अंक, व्यपार समूहको ६९.५४ अंक र बैंकिङ समूहको २२ अंकले बजार घटेको छ ।

आज मानुसी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ६० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै आज पनि नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *