गणपती ज्वेलर्सको ‘विवाह उत्सव’ ग्राहक योजना – Nepal Press

गणपती ज्वेलर्सको ‘विवाह उत्सव’ ग्राहक योजना

१० ताेला बढी सुन किनेमा एक रात पाँचतारे हाेटलमा बस्ने सुविधा

काठमाडौं । गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले दिने भएको छ ।

‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपती ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले बताए । ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मिठो सम्झना दिनेछ ।’

काठमाडौं न्युरोड विशाल बजारको जनसेवासंगै रहेको गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ । गणपती ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरेका छन् ।

‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने विश्वास गरेका छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *