टी–२० अन्तर्राष्ट्रिय सिरिजः कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल – Nepal Press

टी–२० अन्तर्राष्ट्रिय सिरिजः कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । टी—२० सिरिज अन्तरगत नेपाली राष्ट्रिय महिला टोलीले आज कतारविरुद्ध दोस्रो खेल खेल्दैछ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाली टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । जारि तीन खेलको टी–२० सिरिजमा नेपालले कतारसँग आज दोस्रो खेल खेल्न लागेको हो ।

नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेलको स्वरुप नेपालले नेपालले कतारसँग तीन खेलको सिरिज खेल्न लागेको हो । यअसघि मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो ।

आजको खेल जितेमा नेपलले एक खेल अगावै सिरिज जित्ने छ ।

नेपालको प्लेइङ ११ः

कबिता कुँवर, ज्योति पाण्डे, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ, संगिता राई, सबनम राई, डोलि भट्ट, रुबिना क्षेत्री, अपसरि बेगाम, कविता जोशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर