सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, निर्यात उद्योगतर्फ डाबर नेपाल – Nepal Press

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, निर्यात उद्योगतर्फ डाबर नेपाल

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरेको छ ।

सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको हो । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बाणिज्य बैंकतर्फ नबिल बैंकले सबै भन्दा कर बुझाएएको छ ।

विशेष उद्योगतर्फ एसियन पेन्टस् सम्मानित भएको छ । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाउँदै सम्मानित भएको हो ।

सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ । होटलमा तारागाउँ रिजेन्सी सम्मानित भएको छ । भाटभटेनी र हिमाल पावर कम्पनी पनि धेरै कर तिर्नेमा सम्मानित भएको छ ।

ब्यक्तिगततर्फ सबैभन्दा बढि कर तिर्ने सिद्धार्थ राणाले सम्मानित भएका छन् । सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ ।

भ्याटमा अनुशासित भएकोमा घोराही सिमेन्टले सम्मान भएको छ । बीमा कम्पनीमा सबैभन्दा धेरै कर तिर्नेमा नेपाल पुनर्बीमा कम्पनी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *