ब्राजिलसँग बराबरीमा रोकियो अर्जेन्टिना – Nepal Press

ब्राजिलसँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी । ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना छनाेट प्रतियाेगिताकाे ५ खेल अगावै कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्को खेल कुर्नुपर्ने हुन्छ ।

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १७ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर