नर्वेलाई हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट – Nepal Press

नर्वेलाई हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट

एजेन्सी । नर्वेलाई हराउँदै नेदरल्याण्ड्स अर्को वर्ष कतारमा हुने विश्वकपमा सिधा छनोट भएको छ । यो पराजयले नर्वेले भने विश्वकप खेल्न अर्को चार वर्ष कुर्नुपर्ने भएको छ ।

खेलको अन्त्यतिर टोटनह्याम स्ट्राइकर स्टेफन वर्गविन र बार्सिलोनाका मिडफिल्डर मेम्फिस डिपेले गोल गरेपछि नेदरल्याण्ड्सले युरोपेली छनोटको समूह जी बाट शीर्ष स्थानको यात्रा निश्चित गरेको हो ।

युरोपबाट १३ टोलीले विश्वकप खेल्नेमा १० समूहको विजेताले सिधै र उपविजेताहरुमध्येबाट प्लेअफ प्रतिस्पर्धामार्फत तीन टोली छानिनेछन् । प्लेअफ प्रतिस्पर्धा मार्चमा हुनेछ । प्लेअफमा पोर्चुगल, इटलीलगायतका महारथी टोलीहरुसमेत छन् ।

नेदरल्याण्ड्ससँगै युरोपबाट विश्वकपमा सिधा छनोट हुने टोलीको टुंगो लागेको छ । सर्विया, स्पेन, स्वीट्जरल्याण्ड्, फ्रान्स, बेल्जियम, डेनामर्क, क्रोएसिया, इंग्ल्याण्ड र जर्मनी यसअघि नै छनोट भइसकेका छन् ।

समूह जी बाट टर्कीले प्लेअफ खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर