नेपालका लागि ईन्दु वर्माको अर्धशतक – Nepal Press

नेपालका लागि ईन्दु वर्माको अर्धशतक

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनौटको तयारीको रूपमा कतारविरुद्धको पहिलो टी-२० सिरिजमा ईन्दु वर्माले अर्धशतक बनाएकी छन् ।

दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ईन्दुले ४६ बलमा ४ चौकासहित अर्धशतक बनाएकी हुन् ।

नेपालका लागि काजल श्रेष्ठले ७ रन, सिता राना मगरले ३३ बलमा ५ चौकासहित ३९ रन बनाएर पेभिलेन फर्केका थिए । त्यस्तै कप्तान रुबिना क्षेत्री २ बलमा कुनै पनि रन नजोडि आउट भइन् ।

नेपाल अहिले १७ ओभरको समाप्तिमा १३०/३ को अवस्थामा खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *