रारा म्याराथन ११ वैशाखमा – Nepal Press

रारा म्याराथन ११ वैशाखमा

मुगु । आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए ।

‘प्रमुख पर्यटकीय गन्तव्‍य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन म्याराथन महत्वपूर्ण हुनेछ,’ चन्दले भने यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ । अन्तरालले १५ वर्षदेखि खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा, जुम्ला, कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर