महिला क्रिकेटर कवितालाई उपचारका लागि सिप्यानले १ लाख सहयोग गर्ने – Nepal Press

महिला क्रिकेटर कवितालाई उपचारका लागि सिप्यानले १ लाख सहयोग गर्ने

काठमाडौं । महिला क्रिकेट खेलाडी कविता गौतमको उपचारका लागि नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले १ लाख रूपैयाँ सहयोग गर्ने भएको छ । कविताको चोट र जीवन कहानीमा बनेको डकुमेन्ट्री हेर्ने कथाबाट समाचार पाएपछि संघले उनलाई सहयोग गर्ने निर्णय गरेको बताएको छ ।

संघले शुक्रबार प्रेसविज्ञप्ती जारी गर्दै सहयोग गर्ने घोषणा गरेको हो । लडेर खुट्टामा चोट लागेकी कविताको कमजोर अवस्थाको बारेमा हेर्ने कथा च्यानलबाट उनको जीवन कथा सार्वजनिक भएको थियो ।

दुई दिनअघि सार्वजनिक भएको त्यो भिडियो २ लाख ६६ हजारभन्दा धेरैले हेरिसकेका छन् । युट्युबमा यो भिडिओ १३औं नम्बरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर