रोहित शर्मा बने भारतीय टि–२० टिमको नयाँ कप्तान, कोहली टिमबाहिर – Nepal Press

रोहित शर्मा बने भारतीय टि–२० टिमको नयाँ कप्तान, कोहली टिमबाहिर

काठमाडौं । बिराट कोहलीले कप्तानी त्यागेपछि भारतीय क्रिकेट बोर्डले रोहित शर्मालाई टि–२० क्रिकेट टिमको नयाँ कप्तान चयन गरेको छ । रोहित टिमका ओपनिङ ब्याट्सम्यान हुन् ।

कोहलीले टि–२० विश्वकपपछि कप्तानी छोड्ने घोषणा गरेका थिए । उनको कप्तानीमा भारतले हिजो नामिबियासँग अन्तिम म्याच खेलेको थियो । भारत विश्वकपको समूहचरणबाटै आउट भइसकेको छ ।

विश्वकप यात्रा सकिएसँगै भारतीय क्रिकेट बोर्डले न्यूजिल्यान्डविरुद्धको तीन म्याचको टि–२० सिरिजका लागि टिम घोषणा गरेको हो । घोषित टिममा रोहित कप्तान र केएल राहुल उपकप्तान चयन भएका छन् । भारत र न्यूजिल्यान्डबीचको सेरिज आगामी १७ नोभेम्बरबाट सुरु हुँदैछ ।

घाषित १६ सदस्यिय टिममा पूर्वकप्तान बिराट कोहलीलाई समावेश गरिएको छैन । उनीसहित जसप्रिय बुमराह, रवीन्द्र जडेजा र मोहम्मद सामीलाई बाहिर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर