विमान दुर्घटनामा ग्रामी अवार्ड विजेता गायिकाको निधन, दुर्घटनाअघिको भिडिओ भाइरल – Nepal Press

विमान दुर्घटनामा ग्रामी अवार्ड विजेता गायिकाको निधन, दुर्घटनाअघिको भिडिओ भाइरल

रियो द जेनेरियो । ग्रामी अवार्ड विजेता ब्राजिली गायिका मारिलिया मेन्डोन्साको विमान दुर्घटनामा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २६ वर्षिया मेन्डोन्सासहित उक्त दुर्घटनामा उनका काका, निर्माता र दुई चालकको समेत मृत्यु भएको छ । 

ब्राजिलको दक्षिण-पूर्वी मिनास गेराइस राज्यको एक ग्रामीण क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । मेन्डोन्काले आफ्ना गीतहरुमा महिलाहरुको असफल सम्बन्धहरूको अनुभवहरूमा ध्यान केन्द्रित गरेकी थिइन् ।

ब्राजिलको कन्ट्री संगीतको सबैभन्दा ठूलो नाम मध्ये एक सेर्टानेजो भनेर चिनिने, मेन्डोन्साले किशोरावस्थामा आफ्नो क्यारियर सुरुवात गरिन् । उनले २०१६ मा ‘नेशनल स्टार’ को उपमा समेत पाइन् । उनलाई ‘दुःखको रानी’ भनेर समेत चिनिन्थ्यो ।

गत वर्ष कोरोनाभाइरसका कारण कन्सर्टहरू रोकिएकाले उनले अनलाइनबाट नै गिगहरूको प्रदर्शन गरेकी थिइन् । त्यसमध्ये युट्युवमा प्रत्यक्ष प्रसारण गरिएको उनको एउटा गिगलाई ३.३ मिलियन दर्शकले हेरेका थिए । सन् २०२० मा उनी ब्राजिलमा स्पटीफाइमा सबैभन्दा सुनिने गायिका बनेकी थिइन् ।

दुईवर्षे छोराकी आमा समेत रहेकी गायिका मेन्डोन्साले त्यहाँको सहर काराटिंगामा यो शुक्रबार कन्सर्ट प्रस्तुत गर्ने योजना बनाएकी थिइन् जुन थलो विमान दुर्घटनाभएको ठाउँभन्दा १२ किलोमिटर टाढा पर्छ । विमान दुर्घटना हुनु एकघण्टाअघि उनले सामाजिक संजालमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *