लिभरपुल च्याम्पियन्स लिगको अन्तिम-१६ मा, एट्लेटिको मड्रिडलाई अर्को चरणमा पुग्न कठिन – Nepal Press

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम-१६ मा, एट्लेटिको मड्रिडलाई अर्को चरणमा पुग्न कठिन

एजेन्सी । युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम–१६ मा स्थान बनाउँदा यही समूहका एफसी पोर्टो र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । ३६औं मिनेटमा फिलिपेले रातो कार्ड ब्यहोरेपछि एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।

समूह ‘बी’ को अर्को खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।

समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर