आईसीसी महिला टी-२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाल र हङकङ भिड्ने – Nepal Press

आईसीसी महिला टी-२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाल र हङकङ भिड्ने

काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालसहित भुटान, हङकङ, कवेत, मलेसिया र यूएईको सहभागिता रहने खेल यूएईमा हुनेछ ।

नेपालले पहिलो खेलमा २२ नोबेम्बमा हङकङसँग, दोस्रो खेल २३ नोभेम्बरमा भुटानसँग, तेस्रो २५ नोबेम्बरमा कुवेतसँग, चौथो नोबेम्बर २६मा मलेसियासँग र पाँचौ तथा अन्तिम खेल २८ नोबेम्बरमा यूएईसँग खेल्नेछ ।

नेपाली महिला टोली: रूबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डोली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

वैकल्पिक खेलाडी: सरीवती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर