९ हजार नमुना परीक्षण गर्दा ४४७ संक्रमित थपिए, थप ७ जनाको मृत्यु – Nepal Press

९ हजार नमुना परीक्षण गर्दा ४४७ संक्रमित थपिए, थप ७ जनाको मृत्यु

आजको दैनिक संक्रमण दर ६ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४४७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिए ।

९९१३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो अवधिमा ४३९ जना निको भएका छन् । थप ७ जनाको मृत्यु भएको छ । सेनाले व्यवस्थापन गरेका शवको विवरण आउन बाँकी रहेको प्रवक्ता पौडेलले बताए ।

आजसम्म सक्रिय संक्रमित संख्या ९१२३ छ । बुधबारको दैनिक संक्रमण दर ६ प्रतिशत रहेको कूल परीक्षणको आधारमा मुलुकको संक्रमण दर १८.३ प्रतिशत रहेको जनाइएको छ । हुम्ला र मुगु जिल्लामा कोभिड संक्रमण शून्य छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार १७५ जना संक्रमित थपिएका छन् ।

‘दैनिक संक्रमण दर घट्ने क्रममा रहेपनि जोखिम कायमै छ’ प्रवक्ता पौडेलले भने, ‘चाडपर्वको बेला संक्रमणमा वृद्धि हुने भएकाले थप सर्तकता अपनाउनुपर्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *