चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्रदान – Nepal Press

चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्रदान

काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई थप ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत राजदूत यान्छीले जनाएकी छिन् । उक्त खोप डिसेम्बर ५ मा काठमाडौंमा आइपुग्ने भएको छ ।

चीनले अहिलेसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *