पहिलो त्रैमासिकमा अधिकांश बैंकको मुनाफा बढ्यो, सर्वाधिक कमाउने एनआइसी एसिया – Nepal Press

पहिलो त्रैमासिकमा अधिकांश बैंकको मुनाफा बढ्यो, सर्वाधिक कमाउने एनआइसी एसिया

काठमाडौं । नेपालका बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका छन् । यस अवधिमा अधिकांश बैंकहरुको मुनाफा गत वर्षको तुलनामा केही बढेको देखिएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एनआईसी एसिया बैंकले सबैभन्दा धेरै मुण्नाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार यस बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १५.६४ प्रतिशतले बढी हो ।

गत वर्ष यस बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र नेट फी तथा कमिसन आम्दानी बढेका कारण बैंकको मुनाफा बढेको बैंकले जनाएको छ । मुनाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष रु ४१.१४ प्रतिसेयर आम्दानी घटेर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु ४०.८४ पुगेको छ ।

सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने सुचीको दोस्रो स्थानमा नबिल बैंक रहेको छ । यो आर्थिक वर्षको पहिलो तीन महिनामा नविल बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको मुनाफा ७. ३९ प्रतिशतले बढेको हो ।

खुद आम्दानी बढे पनि बैंकको ‘इम्परमेन्ट चार्ज’ बढ्दा बैंकको मुनाफा प्रभावित भएको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी करिब ४२.४१ प्रतिशत र सञ्चालन मुनाफा ७.१३ प्रतिशतले बढेको छ । एनआईसी एसिया बैंकको जस्तै यस बैंकको पनि प्रतिसेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको पहिलो क्वाटरमा रु ३९.९४ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३२.१४ मा झरेको छ ।

एनएमबी बैंकले ४२ प्रतिशतले आफ्नो मुनाफा बढेको बिबरण सार्वजनिक गरेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ४ करोड ४४ लाख नाफा आर्जन गरेको जनाएको छ । नाफासँगै यस बैंकको प्रति सेयर आम्दानी गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी रु २०.५८ बाट बढेर रु २५.५९ पुगेको हो । यस बैंकको आम्दानी साथै फी कमिसनसमेत बढेका कारण मुनाफामा बृद्धि भएको छ ।

ग्लोवल आइएमई बैंकले पनि नविलको हाराहारीमा नै मुनाफा आर्जन गरेको छ । यसले मुनाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ५.०४ बढी अर्थात् १ अर्ब २२ करोड खुद नाफा कमाएको छ । बैकको स्प्रेड दर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा पुगेकाले बैंकको खुद ब्याज आम्दानी करिब १० प्रतिशतले घटेको छ । ब्याज आम्दानीमा कमी आउँदा बैंकको नाफामा दबाब परेको बैंकले जनाएको छ ।

एनएमबी बैंकसँगै सानिमा बैंकको पनि प्रतिसेयर आम्दानी बढेको छ । गत वर्ष रु १६.६४ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर रु २३.४६ पुगेको छ । बैंकको मुनाफासमेत ५२ प्रतिशतले बढेर ५६ करोड ७८ लाख रुपैयाँ पुगेको विवरण बैंकले प्रकाशित गरेको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडको मुनाफा करिब १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा यस बैंकले ७५ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस बैंकको मुनाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ ।

लक्ष्मी बैंकको मुनाफा पनि गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा ७७ प्रतिशतले बढेको छ । यस अवधिमा लक्ष्मी बैंकले ५५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी रु ७.९५ बाट बढेर रु २०.६८ पुगेको छ ।

यसैगरी एभरेष्ट बैंकले गत वर्षको तुलनामा ४ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । यस बैंकले पहिलो ३ महिनामा ५७ करोड ८९ लाख नाफा कमाएको छ ।

यसैगरी हिमालयन बैंकको मुनाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २६ प्रतिशतले बढ्दै ४५ करोड २८ लाख रुपैयाँ पुगेको छ । हिमालयन बैंकसँग मर्जरको क्रममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो क्वाटरमा ९२ करोड ३७ लाख रुपैयाँ खुदा नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ४८ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी करिब २२ प्रतिशतले घटे पनि अन्य प्रकारका आम्दानीहरु बढ्दा बैंकको नाफा बढेको हो ।

यसैगरी एभरेष्ट बैंकले गत वर्षको तुलनामा ७२‍।७९ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ ।

अधिकांश बैंकको मुनाफा बढे पनि प्रभु बैंक, प्राइम बैंक, कुमारी बैंक र नेपाल बंगलादेश बैंकको मुनाफा भने घटेको छ । नेपाल बगलालादेश बैंकको करिब २८ प्रतिशत र कुमारी बैंकको १०।१९ प्रतिशतले खुद नाफा घटेको हो ।

प्रभु बैंक र प्राइम बैंकको मुनाफा भने घटेको छ । प्राइम बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ९७ करोड ७९ लाख रुपैयाँ खुदा नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३.९ प्रतिशतले कम हो । बैंकको यस अवधिमा खुद ब्याज आम्दानी ९.६ प्रतिशतले घटेपछि बैंकको सञ्चालन मुनाफा करिब २.६७ प्रतिशतले र खुदा नाफा पनि घटेको हो ।

यस बैंकले गत वर्षको तुलनामा सञ्चित जगेडा कोष बृद्धि गरेको छ भने नाफामा आएको गिरावटसंगै प्रतिशत सेयर आम्दानीमा पनि घटेको छ ।

यता प्रभु बैंकको मुनाफा गत वर्षको पहिलो ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अविधमा २५.१४ प्रतिशतले घटेको छ । यस बैंकले गत आर्थिक वर्ष करिब ८५ करोड खुद नाफा आर्जन गरेकमा चालु आर्थिक वर्षको पहिलो क्वाटरमा ६३ करोड ६३ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी घटेको तथा इम्परमेन्ट चार्ज बढेपछि बैंक नाफामा कमि आएको छ । यद्यपी बैंकले आफ्नो जगेडा कोष ९.२६ प्रतिशतले बढाएको छ ।

बैंकको मुनाफा:

बैंक नाफा ‘करोडमा’ बृद्धिदर‘प्रतिशतमा’
एनआइसी एसिया १ १८.०६ १५.६४
हिमालयन बैंक ४५ .२८ २३.७६
एभरेष्ट बैंङ्क ५७.८८ ७२.९२
नेपाल एसबिआई बैंक ३७.२९ ८५.९९
स्टाण्डर्ड चार्टड बैंक ४१.१८ २०.०५
सेन्चुरी बैंक २७.२४ २३.७१
एनएमबि बैंक १०४.४४ ४२.४९
नेपाल इन्भेष्टमेन्ट बैंक ९२.३७ ४८.०९
सानिमा बैंक ५६.७८ ४२.१४
नविल बैंक १११.२२३४ ७.३९
सिटिजन बैंक इन्टरनेशनल ६८.७४ ३३.३२
प्राइम कमर्सियल बैंक ९७.७९ -३.९०
सनराइज बैंक ४३.०७ १२.४७
मेगा बैंक ९१.४७ ५०.४९
नेपाल बंङलादेश बैंक ४१.१६ -२७.९३
सिद्धार्थ बैंक ९४.८७ ४.०५-५.०५
ग्लोबल आइएमई बैंक १११.२२२४ ५.०४
बैंक अफ काठमान्डू २५.३५
लक्ष्मी बैंक ५५.२८ ७६.९९
एनसीसी बैंक ५१.८० ५४.८३
सिभिल बैंक २९.१८ २०१.८८
प्रभु बैंक ६३.६३ -२५.१७
माछापुच्छ्रे बैंक ५६.२४ ६२.९६
कृषि बिकास बैंक ४८.५३ ५.१८
कुमारी बैंक ५४.११ -१०.१९
राष्ट्रिय बाणिज्य बैंक १०५.०६ २६.७
नेपाल बैंक लिमिटेड ७५.४९ ३७.१४
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *