प्रशिक्षक अब्दुल्लाहलाई खेलकुद मन्त्रीको स्वागत – Nepal Press

प्रशिक्षक अब्दुल्लाहलाई खेलकुद मन्त्रीको स्वागत

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्वागत गरेका छन् ।

गत चैतमा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रशिक्षक अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए ।

साफ च्याम्पियनसिपको फाइनल पुर्याएसँगै नेपाल नफर्किने र पदबाट राजीनामा दिएका बताउँदै अब्दुल्लाह उतैबाट कतार पुगेका थिए । यद्यपि, कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको वार्तापछि थप तीन वर्षका लागि सम्झौता गर्न अब्दुल्लाह तयार भएका थिए ।

वार्ता पश्चात शनिबार नेपाल आइपुगेका प्रशिक्षक अब्दुल्लाहलाई मन्त्री गहतराजले आइतबार मन्त्रालयमा भेटेर अब्दुल्लाहलाई स्वागत गरेको प्रेस सल्लाहकार संगिन शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

‘प्रशिक्षकलाई नेपालमा स्वागत गर्दै मन्त्री ज्यूले करिब २५ मिनेटसम्म फुटबलको विषयमा कुरा गर्नु भयो,’ सल्लाहकार शर्माले भने, ‘सोही क्रममा अब्दुल्लाहले पनि नेपाल र नेपालीको मायाले आफूलाई नेपाल फर्किन प्रेरित गरेको प्रतिक्रिया दिनुभयो ।’

भेटघाटका क्रममा मन्त्री गहतराजले प्रशिक्षकलाई जुनसुकै समस्या आइपरे पनि सोझै आफूसँग छलफल गर्न प्रशिक्षक अब्दुल्लाहलाई सुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर