जाडेन र आजमीलाई किड ट्रायथलनको उपाधि – Nepal Press

जाडेन र आजमीलाई किड ट्रायथलनको उपाधि

काठमाडौं । जाडेन श्रेष्ठले पुरुष र आजमी सेरचनले महिलातर्फ लिटल डल्फिन्स प्रा.लि. किड्स ट्रायथलनको उपाधि जितेका छन् ।

नेपाल ट्रायथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुलको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन् ।

यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधि हात पारिन् । विजयी खेलाडीहरूले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा पुरुषतर्फ अथर्व सिंहले दोस्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे ।

सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पूरा गरे । यस्तै गर्ल्सतर्फ परिधी भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो र तेस्रो स्थान हात पारे ।

दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ जोर्डन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरूले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवम् नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ पुरुष र ७ महिला खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर