म्याद सकिएको रङ हालेर मिठाई बेच्ने सुन्धाराको मिठाई पसललाई २ लाख जरिवाना – Nepal Press

म्याद सकिएको रङ हालेर मिठाई बेच्ने सुन्धाराको मिठाई पसललाई २ लाख जरिवाना

काठमाडौं । म्याद सकिएको रङ हालेर मिठाई बेच्ने सुन्धाराको गुलाब मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा म्याद सकिएको वस्तु प्रयोग गरेको भेटेपछि पसललाई जरिवाना गरेको हो ।

पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय पदार्थ बिक्री गरेको पाइएको छ ।

गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पु¥याउन सक्ने खालका हुन् । अनुगमनमा गएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा म्याद सकिएका वस्तु प्रयोग भएको बताए ।

सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि.का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको थियो ।

यस अघि ०७६ कार्तिक ८ गते महानगरले उक्त पसलमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न भनेको थियो । त्यसबेला तिहारका लागि मिठाई प्याकिङ गरेर दिइने बक्सहरु भुइँमा राखेर पट्याउने काम भइरहेको थियो ।उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् ।

तेश्रो तला राखिएका सामानहरु दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटिएका थिए । अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा किरा परेको २६ किलो बेसन फेला परेको थियो । यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *