‘महानायक’ विवादका चार पात्रले एकैठाउँमा भेला भएर भने : हामीलाई कलाकार भनिदिए पुग्छ – Nepal Press

‘महानायक’ विवादका चार पात्रले एकैठाउँमा भेला भएर भने : हामीलाई कलाकार भनिदिए पुग्छ

काठमाडौं । यसै महीनाको सुरुआतमा ‘महानायक’ विवाद चर्कियो । महानायक र महानायिकालाई लिएर जनमत विभाजित बन्यो । कतिपयले यसलाई अनावश्यक भएको बताए ।

फिल्म ‘डाँडाको वरपीपल’ गीत लन्च कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकाको संज्ञा दिए । निर्देशक शोभित बस्नेतकै योजनामा विवाद झिकिएको कुरा लुकाउने विषय अब रहेन ।

गौरी मल्ललाई महानायिका संज्ञा दिएपछि नायिका करिश्मा मानन्धर असन्तुष्ट थिइन् । उनले सामाजिक संजालका टिप्पणीमार्फत असन्तुष्टि जाहेर गरेकी थिइन् । उनै करिश्मा र भुवन–गौरी र शिवबीच बिहीबार राजधानीको एक कार्यक्रममा जम्काभेट भयो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को महाधिवेशनमा सहभागी भएका चारैजनाले विवादलाई मत्थर पार्ने प्रयास गरे । करिश्मासँगै मिडिया फेस गरेका भुवन, शिव र गौरीले मिडियाले विवाद निम्ताएको भन्दै आफूहरु पन्छिने प्रयास गरे ।

जबकी, कार्यक्रममा उनीहरु स्वयमले यी कुरा आफै व्यक्त गरेका हुन् । उनीहरुले बोलेपछि मात्र मिडियाले यसलाई कभरेज गरेको हो । कार्यक्रममा पत्रकारले गौरी र करिश्मालाई कुन उपाधिले सम्बोधन गर्नुहुन्छ भनेर सोधेका थिए ।

भुवनले भने, ‘कलाकार गौरी मल्ल । कलाकार शिव श्रेष्ठ । कलाकार भुवन केसी ।’ भुवनले यसो भनिरहँदा करिश्मा, गौरी र शिवले पनि सहमती जनाए । करिश्माले आफूहरुले उपाधि नचाहिने र कलाकार भनिदिए मात्र पुग्ने बताए ।

महानायक विवादका चारजना पात्रहरु एकैठाउँमा भेला भएर यति भनिसकेपछि यो विवादले अब कुन मोड लिन्छ हेर्न बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *