डी ककले मागे माफी, घुँडा टेक्न तयार – Nepal Press

डी ककले मागे माफी, घुँडा टेक्न तयार

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टोलीका विकेटकिपर-व्याट्सम्यान क्विन्टन डी ककले सहकर्मी र समर्थकहरूसँग माफी मागेका छन् ।

मिडिल-इस्टमा जारी आईसीसी टी-२० विश्वकपमा प्रत्येक खेल अघि घुँडा टेक्ने साउथ अफ्रिका क्रिकेट संघको निर्देशन पालना गर्न अस्वीकार गरेपछि वेस्ट इन्डीज विरुद्धको खेलमा उनी टोलीबाट बाहिर राखिएका थिए ।

डी ककले आफ्नो व्यवहार र त्यसले दक्षिण अफ्रिकाको खेलमा पुगेको असरका लागि माफी मागेका हुन् । क्रिकेट दक्षिण अफ्रिका सँगको कुराकानीपछि बुधबार राति डी ककले भने,‘उनीहरूको मनासाय राम्रो सँग बुझेको छु र अब मेरो देशको लागि फेरि क्रिकेट खेल्ने बाहेक केहि कुरा मन पराउने छैन ।’

‘मलाइ थाहा छ म शब्दहरूमा महान छैन तर मेरोतर्फबाट आफूले गरेको गल्तीका लागि माफी माग्न सक्दो प्रयास गरेको छु,’ डी ककले भने, ‘यदी मैले घुँडा टेकेर अरूलाई लेसन सिकाउन सहयोग पुग्छ भने, म त्यो गर्न पाउँदा धेरै खुसी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर