विश्व जुडो दिवसमा विभिन्न कार्यक्रम – Nepal Press

विश्व जुडो दिवसमा विभिन्न कार्यक्रम

काठमाडौं । नेपाल जुडो संघले विहीबार विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाएको छ ।

अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाइँदै आएको संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

सोही क्रममा जुडो संघले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

जुडो आबद्ध विभिन्न जिल्ला र क्लबलाई पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाउन जानकारी गराइएको महासचिव श्रेष्ठले जानकारी गराए । जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य भने जुडोकै कार्यक्रमको सिलसिलामा पोर्चुगलमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर