विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा – Nepal Press

विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षेत्रीको कप्तानीमा महिला विश्व कप छनोट खेलका लागि बुधबार अन्तिम १४ खेलाडी छनोट गरेको छ ।

आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुने एसिया छनेट खेलमा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएईसहित आठ देशको सहभागिता रहनेछ ।

नेपाली महिला टोली:

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई । बैकल्पिक खेलाडः सरीवती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर