कराते खेलाडी सुमनको सहयोग – Nepal Press

कराते खेलाडी सुमनको सहयोग

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक सहयोग सहयोग गरेका छन् ।

बुधबार करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो पोशाक सुमनले नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोशाक) सहयोग स्वरुप प्रदान गरे ।

उन्ले गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र तथा कोटेश्वर तेक्वान्दो डोजाङका सिनियर प्रशिक्षक विशाल रायमाझीलाई एक कार्यक्रमबीच पोशाक हस्तान्तरण गरे ।

सुमनले आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले पोशाक उपलब्ध गराएको बताए ।

महासचिव मित्र र सिनियर प्रशिक्षक रायमाझीले सहयोगले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए । दुवैले लक्षित वर्गलाई पोशाक उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर